कोहलपुरमा २७ करोडको लागतमा बसपार्क निर्माणकार्य सुरु
काठमाडौं ।
कोरोना महामारीका बीच बाँकेको कोहलपुरमा २७ करोड ८८ लाख रूपैयाँबराबरको लागतमा बसपार्क निर्माणकार्य सुरु गरिएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर चौराहदेखि पूर्वतर्फको खाली जग्गामा लामोदूरीको बसपार्क निर्माण गर्नलागेको हो ।
पाँच बिघा १६ कठ्ठामा निर्माण हुनलागेको बसपार्कको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले शिलान्यास गरेका छन् । यसअघि कोहलपुरमा छोटोदूरीको बसपार्क निर्माण सम्पन्न भइसकेको छ । खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले आगामी दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी बसपार्क निर्माणको जिम्मा पाएको छ ।
कोहलपुर नगरपालिका र खड्का दयासगुन निर्माण सेवा कन्स्ट्रक्सनबीच गत चैत २६ गते लामोदूरीको बसपार्क निर्माणका लागि सम्झौता भएको नगरपालिकाका मेयर रावतले जानकारी दिए । मेयर रावतका अनुसार बसपार्क निर्माणका लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया