‘अक्सिजन सिलिन्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान
काठमाडौं ।
कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान सञ्चालन गरेको छ । यसै क्रममा शान्ति समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण समेत गरिसकेको छ ।
शान्ति समाजका सभापति गोविन्द खनाललगायत पदाधिकारीहरुले गत बिहीबार हस्तान्तरण गरेका थिए । उक्त सिलिन्डरहरु मन्त्रालयमार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछन् । शान्ति समाजले वर्तमान संकटपूर्ण अवस्थामा सकेसम्म सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ ।
यस क्रममा शान्ति समाजले जेठ ५ गते पशुपति क्षेत्रमा रहेका बाँदरहरुका लागि बाँदरले मन पराउने भिजेको चना र पाउरोटीसहितको सामग्री वितरण गरेको थियो भने जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई १६ हजारबराबरको खाद्य सामग्री प्रदान गरेको थियो ।
यसैगरी जेठ ३ गते गुह्येश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षित व्यक्तिहरुलाई पाउरोटी वितरण गरेको थियो भने जेठ २ गते काठमाडौं साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाजलाई २३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको थियो । सहयोग प्रदान कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाडौं शाखा सदस्य विकास थापा, भगवान पुडासैनीसहितको सहभागिता थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया