हस्तकला महासंघद्वारा अस्पताल र आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं ।
नेपाल हस्तकला महासंघले कोभिड १९ बिरामीहरुको उपचारार्थ स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासंघले परोपकार प्रसूति तथा स्त्रीरोग अस्तपाल, शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान (पाटन अस्पताल)लाई व्यक्तिगत सुरक्षा (पीपीई) सेटलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
उक्त स्वास्थ्य सामग्री महासंघका अध्यक्ष सुरेन्दभाई शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रशासकीय अधिकृत रानु थापालाई, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सागर राजभण्डारी र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक रवि शाक्यलाई हस्तान्तरण गरेका हुन् ।
साथै महासंघले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र लुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयमा पनि पीपीई सेटलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो भने क्षेत्रपाटी निःशुल्क चिकित्सालय र ललितपुरस्थित च्यासल, नागबहाल, पुल्चोकको ओश्वरमहाविहार लगायत चाकुपाट १२ वडामा रहेका आइसोलेसन सेन्टरहरुमा पनि विभिन्न स्वास्थ्य सामग्री दिई सहयोग गरिएको थियो ।
महासंघद्वारा जम्मा एक हजार थान फुट कभर, एक सय ८० बक्स ग्लोभ्स, १० हजार पिस सर्जिकल मास्क, दुई सय पिस एन९५ मास्क, एक हजार थान फेसशिल्ड, सय थान पीपीई सेट र ४० जार सेनिटाइजर स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया