काठमाडौं ।
केएल दुगड समूहले विराटनगरस्थित विराटनगर बसपार्कमा कार्यरत मजदुरहरुलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्रीहरु वितरण गरेको छ । कोरोना महामारीले गर्दा बसपार्कमा दैनिक ज्यालादारी गर्ने मजदुरहरु समस्यामा परेकोले उनीहरुलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरिएको दुगड समूहले जनाएको छ । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलामार्फत मजदुरहरुलाई खाद्य सामग्री वितरण गरिएको कम्पनीले बताएको छ ।
केएल दुगड समूहले कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा दैनिक चार सय जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ । उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ ।
उक्त सहयोगले उक्त अस्पतालमा सञ्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ । यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीले जनाएको छ । अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया