Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्रसर उद्योगीले बुझाए मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र

क्रसर उद्योगीले बुझाए मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र


जनकपुरधाम, माघ ५
प्रदेश दुईका मुख्यमन्त्रीले प्रदेशका सबै क्रसर उद्योगलाई बन्द गर्न दिएको वक्तव्यपछि प्रशासनले बन्द गर्न लगाएपछि प्रदेश २ मा क्रसर सञ्चालक आन्दोलित भएका छन् । धनुषा, महोत्तरी, सर्लाही तथा सिरहाका क्रसर उद्योगी तथा बालुवा प्रशोधन केन्द्रका सञ्चालकहरुले शुक्रबारदेखि क्रसरसम्बन्धी सम्पूर्ण काम बन्द गरेर आन्दोलन सुरु गरेका छन् ।

प्रदेश सरकार र प्रहरीले कानुनविपरीत आफूहरुको कारोबारमा रोक लगाएको उद्योगीले प्रदेश सरकारद्वारा लगाइएको रोक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । उनीहरुले प्रदेशमा मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्ने प्रदेश सरकारको निर्णयको विरोध गरेका हुन् । उनीहरुले प्रदेश सरकारको निर्णयबाट अर्बौँ रुपैयाँको लगानीबाट सञ्चालित व्यवसाय नै संकटमा पर्ने भन्दै असन्तुष्टि जनएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x