पहिरोले थुनिएको रोङ्सी खोला आंशिक रूपमा खुल्यो
दोलखा ।
निरन्तर परेको वर्षाका कारण शुक्रबार राति आएको बाढी र पहिरोले थुनिएको चीनको टिंग्री काउन्टिस्थित रोङ्सी खोला आंशिकरूपमा खोलिएको छ । रोङ्सी खोला तामाकोशी नदीको सहायक नदी हो । रोङ्सी खोला थुनिएर ठूलो ताल बनेपछि शनिबार बिहानैदेखि चिनियाँ पक्षले ताल खुलाउन प्रयास गरेको थियो ।
चिनियाँ टोलीले उक्त ताल आंशिक रूपमा खुलाएको जनाएको छ । पहिरोले नदि थुनिएपछि बनेको ताल खुलाउन चिनियाँ अधिकारी र सुरक्षाकर्मीको टोली निरन्तर प्रयासमा रहेको छ । नेपाली पक्ष भने उक्त क्षेत्रमा जान नसक्ने भएकोले चिनियाँ पक्षले मात्रै ताल खुलाउन लागि परेको हो । तिब्बतस्थित टिंग्री काउन्टीका सुरक्षा प्रमुखले जिल्ला प्रशासन कार्यालय दोलखालाई सम्पर्क गरी थुनिएको नदिलाई आंशिकरूपमा खुलाइएको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त तालमा झण्डै एक लाख घनमिटर पानी जम्मा भएकाले तामाकोशी नदिको तटिए क्षेत्रमा जोखिम भने कायमै रहेको छ ।
सावधानी अपनाएर उक्त तालबाट पानीको निकास दिइएको चिनियाँ पक्षले बताएको उनले जानकारी दिए । उनका अनुसार एकै पटकमा ताल फुटाएको भए तामाकोशी नदीमा पानी बहाब उच्च हुने र ठूलो संकट आउन सक्ने थियो तर चिनियाँ पक्षसँग पटक–पटक आग्रह गरी तालबाट सुरक्षित रूपमा पानीलाई निकास दिइएको हो । ताल फुटाउने कि न फुटाउने भन्नेमा चिनियाँ पक्ष अन्योलमा परेको थियो ।
तत्कालका लागि तामाकोशी तटीय क्षेत्रमा संकट टरेको घिमिरेले बताए । यद्यपि उनले माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन् । रोङ्सीको निकासपछि तामाकोशी बहाबमा केही उतारचढाव आएको माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ । आयोजनाका अनुसार तामाकोशीको बहाब घट्ने र बढ्ने भइरहेको छ । रोङ्सी खोला थुनिएको सूचना पाउनसाथ जिल्ला प्रशासन कार्यलय दोलखाले शुक्रबार राति विज्ञप्ति जारी तामाकोशी नदीमा बाढी आउनसक्ने भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता अपनाउन आग्रह गरेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया