कोरोनाविरुद्धको लडाइँमा नेपाललाई इटालीको सहयोग
काठमाडौं ।
नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री शुक्रबार नेपाल आइपुगेको छ । इटाली नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरू पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरूमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ ।
‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेको छ । यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सहआयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरूप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो ।
पुनः एक पटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाइ उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावित भएको छ’, नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डि लुकाले भने । इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुल प्रतीमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । टिम युरोप मर्मलाई आत्मसात् गर्दै जर्मनी र फ्रान्सका राजदूतहरू पनि उक्त समारोहमा उपस्थित थिए । ‘लामो समयदेखिको मित्र र साझेदारका रूपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरूले यस कठिन समयमा नेपलालाई यस्तो सहयोग प्रदान गरिरहेका छन् ।
यी स्वास्थ्य सामग्रीहरूले कोभिड फैलिनबाट रोक्न सहयोग पु¥याउनेछ । यी सामग्रीहरू तथा जनस्वास्थ्यका उपायहरूले नेपालीहरूको अमूल्य जीवन बचाउन मदत पु-याउनेछ’, नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले भनिन् । अन्य दाताहरूको सहकार्यमा युरोपियन युनियनले सामग्रीहरूको वितरण तथा प्रयोगलाई अनुगमन गर्नेछ । नेपालमा भित्रिएका सामग्रीको परिमाण र काठमाडौँको सिनामंगलस्थित मानवीय स्टेजिङ क्षेत्रबाट बाहिर पठाइएको सामग्रीको विवरण स्वास्थ्य मन्त्रालयको इलजिस्टिक्स म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (इलिमिस)मार्फत अभिलेख गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया