कोरोना परीक्षण दर घट्दो, संक्रमण भने बढ्दो
दोलखा । दोलखामा पछिल्लो दिनमा कोरोना परीक्षण दर दैनिक घट्दै गए पनि कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । चरीकोट अस्पताल र स्थानीय तहमा बिहीबार ५८ जनामा गरिएको परीक्षणमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको चरीकोट अस्पतालमा गरिएको २१ जनाको पीसीआर परीक्षणमा ११ जनालाई संक्रमण पुष्टि भएको र स्थानीय तहमा ३७ जनाको एन्टिजिन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या बिहीबार थपिएका २२ सहित दुई सय ४५ पुगेको छ । त्यस्तै बिहीबार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्केका छन् । बुधबार चार जनाको नमूना परीक्षण गर्दा एक जनालाई मात्र कोरोना संक्रमण भेटिएको थियो भने १९ जना संक्रमण मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । जिल्लामा कोरोनाको जोखिम कायमै रहे पनि पछिल्लो दिनमा निषेधाज्ञा भने खुकुलो पारिएको छ ।
चीनसँग सीमा जोडिएका दुई स्थानीय तहका सबै नागरिकलाई भेरोसिल खोप : यस्तै स्वास्थ्य कार्यालय दोलखाले चीनसँग सीमा जोडिएका दुई स्थानीय तहका सबै नागरिकलाई भेरोसिल खोप लगाउने जानकारी दिएको छ । हालै स्वास्थ्य सेवा विभाग काठमाडौँबाट छिमेकी मित्रराष्ट्र चीनसँग सिमाना जोडिएको जिल्लाका विगु र गौरीशंकर गाउँपालिकाका १८ वर्षदेखि माथिका स्थायी बासिन्दालाई खोप लगाउने गरी कोभिड खोपको पहिलो मात्राको लागि सात हजार दुई सय भायल खोप प्राप्त भएको कार्यलय प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पहिलो चरणमा गौरीशंकर गाउँपालिकामा ४० वर्षमाथिका र बिगु गाउँपालिकामा ४५ वर्षमाथिका सबै स्थायी बासिन्दालाई असार २५ गतेदेखि २७ गतेसम्म सम्बन्धित पालिकाको स्वास्थ्य संस्था एवं खोप केन्द्रस्तरबाट कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाइने भएको छ । खोप लगाउने सम्बन्धमा बिहीबार बसेको सम्बन्धित पालिका प्रमुख, उपप्रमुखसहित जिल्ला खोप समन्वय एवं अनुगमन समितिको बैठकले खोपको उपलब्धता र लक्षित जनसङ्ख्यालाई आधार मानी उक्त निर्णय गरेको हो ।
खोप लगाउनको लागि सम्बन्धित पालिकाका सबै स्वास्थ्य संस्था र तोकिएका खोप केन्द्रहरूमा नागरिकता, मतदाता परिचयपत्र तथा स्थायी ठेगाना खुल्ने सरकारी कागजात वा सम्बन्धित वडाको सिफारिस लिएर खोप लगाउन आउन सबै नागरिकलाई स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । साथै तोकिएको उमेर समूहलाई खोप लगाइसकेपछि खोप बचत रहेमा सम्बन्धित पालिकाको निर्णयमा तोकिएको समूहभन्दा ठीक तल्लो उमेर समूहलाई समेत खोप दिने निर्णय भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया