‘मेक इन नेपाल–स्वदेशी’ अभियानको कार्यान्वयन सुरु
काठमाडौं ।
स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ । नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो ।
परिसंघका अनुसार यो अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग/व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पूरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउनेछ । वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्नसक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।
यो अभियानअन्तर्गत वार्षिक एक हजार उद्योग दर्ता, कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पु-याउने, वार्षिक एक हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा चार अर्ब ६० करोड अमेरिकी डलरबराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।
‘स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल – स्वदेशीको लक्ष्य हो’, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, ‘यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोग बढाउने लक्ष्य राखेको छ ।’
अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गरेका थिए । यस अभियान कार्यान्वयनका लागि यही असार १० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परिसंघबीच समझदारीमा हस्ताक्षर भएको थियो । यस अभियानलाई व्यापकरूपमा अगाडि बढाउन नेपाली वस्तु र सेवामा प्रयोग गर्ने गरी लोगोको पहिचान गरिएको छ ।
नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभईकन यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर वृद्धि गर्नु, बजारको माग र निर्यात सम्भाव्यता समेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन र प्रवद्र्धन गर्नु आवश्यक हुने परिसंघको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया