संवैधानिक आयोगका महिला पदाधिकारीहरूसँग निर्वाचन व्यवस्थापनसम्बन्धी छलफल
काठमाडौं । निर्वाचन आयोगले संवैधानिक आयोगका महिला पदाधिकारीहरूसँग निर्वाचन व्यवस्थापनसम्बन्धी छलफल गरेको छ । आयोगमा बिहीबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, समावेशी आयोगका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।
यस कार्यक्रममा संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायतका विषयमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले लैङ्गिक तथा समावेशिताको विषय सबै निकायसँग सम्बन्धित भएको, यसमा कानुनीरूपमा धेरै समस्या नभए पनि व्यावहारिकरूपमा समस्या रहेको बताए । साथै उनले विभिन्न क्षेत्रमा महिला सहभागिताको तुलनामा कार्यकारी पदहरूमा महिलाको उपस्थिति न्यून रहेकोले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकायबीचको समन्वयलाई मजबुद बनाउँदै कार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया