वीपी उधानको जग्गामा अन्य संरचना बनाइएकोमा विरोध
पर्सा । वीरगञ्ज घन्टाघरको उत्तरतर्फ रहेको वीपी उधानको जग्गामा अन्य संरचना निर्माण गरिएको भन्दै जीपी कोईराला फाउन्डेसन पर्साले विरोध जनाएको छ । साबिक नेपाल यातायात संस्थानको जग्गा हाल वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेका वीपी उधानको जग्गामा महानगरले प्रकृति मास्ने काम गरेको भन्दै फाउन्डेसन पर्साले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको छ ।
फाउन्डेशनका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा स्थानीय विकास मन्त्रालयका तत्कलिन मन्त्री रामचन्द्र पौडेलले रेल्वेको जग्गा खरिद गरी वीपी उद्यानका लागि जग्गा तत्कालीन वीरगञ्ज उपमहनगरपालिकाको रेखदेखमा रहने र पछि पार्क बनाउने उद्देश्यले हस्तान्तरण गरिएको उल्लेख छ । तत्कालीन सरकारसँग गरेको सम्झौताविरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छडसहितको ढलानको काम भइरहेकोले यथाशीघ्र रोक लगाउन माग गरिएको छ ।
‘वीपी उद्यानको पार्कमा निःशुल्क पार्क र हरित मैदान बनोस् भन्ने जन चाहान छ । वीरगञ्ज महानगरपालिकाले ठेक्का लगाई पैसा कमाउने भाँडो बनाउँदा हरियो सहरको परिकल्पना मरेर जाने स्थिति छ । उक्त कार्यलाई अविलम्ब रोक लगाई हरित पार्क बनाउने पहलकदमी लिन अनुरोध छ । प्रकृति मास्ने गरी विकास चाहिएको छैन’, ज्ञापनपत्रमा उल्लेख छ ।
वीपी उद्यानको जग्गालाई हराभरा बनाउनुको साटो कुरूप बनाउने जुनसुकै योजनालाई फाउन्डेसनले विरोध गर्ने अध्यक्ष सहाबुनिन बताउँछन् । आवश्यक परे कानुनी लडाइँ समेत लड्न फाउन्डेसन तयार रहेको उनको भनाइ छ । तर ज्ञापनपत्रमा उल्लेख भएजस्तो महानगरले नभई वीपी उद्यानमा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङस्थल बनाउन लगाएको छ ।
वीपी उद्यानको रूपमा प्रयोग गर्ने सर्तमा नेपाल यातायात संस्थानको जग्गा तत्कालिन वीरगञ्ज उप महानगरपालिकाले १० करोडमा १० बिघा जग्गा खरिद गरेको थियो । वीरगञ्जका तत्कालीन नगरप्रमुख गोपाल गिरी र पूर्वउपमेयर समेत रहेका अजय द्विवेदीको पहलमा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले रजिष्ट्रेसन दस्तुरमा सहुलियत प्रदान गरिदिएको फाउन्डेसनले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया