शैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि डीएम फाउन्डेसन र एफएमएनडब्ल्यूबीच सहकार्य
काठमाडौं । डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रम गर्न एफएमएनडब्ल्यू (पूर्वमिस नेपालहरुको सामाजिक संस्था)सँग सहकार्य गरेको छ । यो छात्रवृत्तिले कोभिड–१९ ले बुबा आमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्ने बताइएको छ ।
छात्रवृत्ति कार्यक्रममा लागि कसैले सहयोग गर्न चाहेमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडमा डीएम फाउन्डेसनको आधिकारिक बैंक खातामा रकम पठाउन सकिने पनि बताइएको छ । उक्त छात्रवृत्ति पाउनको लागि विद्यार्थीको कोभिडले एक वा दुवै अभिभावक गुमाएको हुनुपर्छ ।
एफएमएनडब्ल्यू विभिन्न सामाजिक कामहरुमा निरन्तर संलग्न रहँदै आएको छ । यस्तै डीएम फाउन्डेसनले सन् २०१४ मा डीएम छात्रवृत्ति सुरु गरेको थियो । साथै फाउन्डेसनले २०७० सालको भूकम्पको समयमा राहत वितरणको कार्यक्रमहरू सुरु गरेको थियो । त्यसबेलादेखि प्राकृतिक प्रकोपमा योगदान पु-याउँदै आइरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया