Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकको अध्यक्षमा सिंह र सीईओमा मिश्र नियुक्त

नर्भिकको अध्यक्षमा सिंह र सीईओमा मिश्र नियुक्त


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो ।

अध्यक्षमा नियुक्त सिंह विगत एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआईजीबाट अवकाशप्राप्त व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई एकेडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।

यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् । उनी यसअघि युनाइटेड फाइनान्सको सीईओको रुपमा कार्यरत थिए । युनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए ।

मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंकलगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । मिश्रले काठमाडौं युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा एमफिल (प्राचार्य)सम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बीएलसी होल्डिङ्सकै कायम रहनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x