काठमाडौं । नेपालस्थित कन्सुलरहरूको छाता संगठन अनररी कन्सुलर कर्प्स–नेपाल (एचसीसी–एन) मा नयाँ डिन चयन गरिएको छ । नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत वसन्त कुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी पोल्यान्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।
एचसीसी–एनको १४औँ ‘चार्टर्ड डे’को अवसरमा शुक्रबार आयोजित एक औपचारिक समारोहका बीच तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गरेका हुन् । एचसीसी–एनले प्रत्येक वर्षको जुलाई २३ का दिन ‘चार्टर्ड डे’ मनाउँदै आएको छ । सोही दिन एचसीसी–एन डिनको पद पनि हस्तान्तरण गर्ने प्रचलन छ ।
सन् २००७ मा कन्सुलरहरूबीच मित्रवत् व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरूबीच सूचना आदानप्रदानलगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डिनको रुपमा स्विडेनका लागि कन्सुल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सुलरहरूले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया