सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन आग्रह
काठमाडौं । सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन सुनचाँदी व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूको एक प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको हो । भेटमा प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासंघले राखेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएका छन् । उनले व्यवसायीमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताए ।
त्यसक्रममा नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सुनचाँदीको कारोबारसम्बन्धी ऐन नहुँदा सुनचाँदी व्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या शीघ्र समाधान हुनुपर्ने आवश्यकता औँल्याए ।
प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराएका थिए । भेटका क्रममा महासंघका तर्फबाट उपाध्यक्षहरू विपिन रामुदामु, शिव सर्राफ, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सदस्य सुविन बज्राचार्यलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया