दोलखा । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको चरीकोट–जिरी सडकखण्डको ५५ किलोमिटर सडक कालोपत्रेको काम लगातारको झरीको कारण प्रभावित बनेको छ । आगामी फागुनभित्र सडक कालोपत्रेको काम सक्ने लक्ष्य राखेर काम गरिरहेको आयोजनाको काम लगातार हुने वर्षा र कोरोना भाइरस महामारीका कारण रोकिएको चरीकोट जिरी सडक आयोजनाका मुख्य परामर्श दाता सीमित ईआएमसी जेभी प्रमुख राजेन्द्र पौडेलले बताए ।
आयोजनाले हाल चरीकोटदेखि खावासम्मको ४३ किलोमिटर र हाटडाँडादेखि जिरी बजारसम्म साढे दुई किलोमिटर सडकको कालोपत्रे गरिसकेको उनले जानकारी दिए । बाँकी रहेको १० किलोमिटर सडकको कालोपत्रे भने निरन्तर झरी पर्ने गरेकाले कालोपत्रे गर्न समस्या भएकाले काम रोकिएको उनले बताए । इन्जिनियर पौडेलका अनुसार चरीकोटदेखि खावाडाँडासम्म पहिलो कोटको कालोपत्रे सकेर नाम्दुदेखि खावासम्म सेकेन्ड कोट राख्ने तयारी गरे पनि वर्षाको कारण काम रोकिएको छ ।
पछिल्लो समय देशभर फैलिएको दोस्रो लहरको कोरोनाले पनि सडक निर्माण खटेका कर्मचारी संक्रमण देखिँदा थप प्रभावित बनेको उनले बताए । जेठसम्म तीव्र गतिमा काम भए पनि असार यता लगातार झरी पर्दा सडकको काम रोकिएको हो । साउन पहिलो सातादेखि आयोजना आंशिकबाहेकका सबै काम रोकिएको छ । ३३ वर्षअघि विदेशीले निर्माण गरिदिएको चरीकोट जिरी सडकको पुरानो कालोपत्रेले काम गर्न छोडेपछि २ वर्षअघिदेखि सडकको निर्माण लामा कन्स्ट्रक्सनले गरिरहेको छ । उक्त सडक विस्तार तथा कालोपत्रे गर्न भारतीय एक्जिम बैंकको ऋण सहयोग गरेको छ ।
निर्माण कम्पनीका अनुसार अब १० किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । सडक निर्माण गर्न एक्जिम बैंकको तीन अर्ब ७० करोड सहुलियत ऋण लगानी गरेको थियो । सडक निर्माणको जिम्मा भने लामा कन्स्ट्रक्सनलाई दुई अर्ब २८ करोड रूपैयाँ ठेक्का दिइएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया