छैटौँ रणनीतिक व्यावसायिक योजना निर्माण गर्दै जनसचेतन
दोलखा । जनसचेतन बचत तथा ऋण सहकारीले सहकारी क्षेत्रलाई व्यावसायिक र लगानीमैत्री वातावरण बनाउने उद्देश्यले संस्थाको रणनीतिक योजनासहित कार्यशाला गोष्ठी सुरु गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर पाँच रहेको यस सहकारीले रणनीतिक व्यावसायिक योजना निर्माण गर्न चार वर्षको अन्तरमा कार्यशाला गोष्ठी गर्दै आएको सहकारीका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए ।
सहकारीले पछिल्लो चार वर्षमा हासिल गरेका उपलब्धि तथा आगामी वर्षहरूमा गर्नुपर्ने रणनीतिक योजनाका विषयमा गोष्ठीमा छलफल हुने अध्यक्ष चौलागाईंले बताए । यस्तै सहकारीलाई प्रविधिमैत्री बनाउने योजनामा समेत छलफल हुनेछ । ३४ हजारभन्दा बढी सेयर सदस्य रहेको यस सहकारीले बागमती प्रदेशका विभिन्न ठाउँमा १६ वटा सेवा केन्द्र विस्तार गरिसकेको छ ।
तीन दिनसम्म चल्ने गोष्ठीमा नेपालका सहकारी विज्ञहरूलाई समेत उपस्थित भएका छन् । उक्त गोष्ठी नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा सुरु भएको हो । गोष्ठीले सहकारीलाई थप मजबुत र उत्कृष्ट बनाउन सहयोग पुग्नेछ भने सदस्यलाई व्यावसायिक बनाउन उत्पादनमुखी तथा व्यावसायिक बनाउन दिइने ऋण लगानीबारे छलफल हुने बताइएको छ । गोष्ठीमा सहकारीका सञ्चालक, कर्मचारी, सेयर सदस्यलगायत सहभागी रहनेछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया