Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘हातमा सीप र कामप्रति लगाव भए कोभिड–१९ को महामारीमा पनि खाली बस्नुु नपर्ने रहेछ’

‘हातमा सीप र कामप्रति लगाव भए कोभिड–१९ को महामारीमा पनि खाली बस्नुु नपर्ने रहेछ’


काठमाडौं । ‘अरु सबैले गरेको काम गर्न मन नै लागेन, केही फरक काम गर्नको लागि त्यो खालको मेरो पारिवारिक पृष्ठभूमि पनि थिएन । थियो त केवल मेरो लगन, नयाँ काम गर्ने मेरो उत्साह, जोस जाँगर र मिहिनेत । त्यही मिहिनेतकै कारण मैले मनोरञ्जन उद्योग अर्थात् भनौँ चलचित्र क्षेत्रमा प्रोडक्सन म्यानेजरकोरुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएको हुँ ।’

यो भनाइ हो नेपाली चलचित्र उद्योगमा पर्दा पछाडि बसेर काम गर्ने शंकर बस्नेतको । जन्मस्थान रापेछाप भएपनि हाल स्थायीरुपमा ललितपुरमा बस्दै आएका बस्नेत विगत एक दशकदेखि नेपाली मनोरञ्जन उद्योग चलचित्र क्षेत्रमा प्रोडक्सन म्यानेजरको रुपमा काम गर्दै आएका छन् ।

ढुवानी नामक नेपाली चलचित्रबाट प्रोडक्सन म्यानेजरको रुपमा काम गर्न सुरु गरेका बस्नेतले हालसम्म एक्सन, परदेशी उमंग, कालेदाइ, भोर, रुदाने, जय शम्भु, रियाल रिंगेटसहितका चलचित्रहरुमा काम गरिसकेका छन् । अहिले कोभिड १९ को विश्व महामारीका कारण चलचित्र निर्माणमा केही कमी आएको भए पनि बस्नेत भने विभिन्न टेलिचलचित्र, म्युजिक भिडियो निर्माणलगायतका कार्यहरुमा व्यस्त छन् ।

नेपाली चलचित्रतर्फ भने अहिले बस्नेत राजासाहेब र हामी तीन भाइ नामक चलचित्रको लागि काम गरिरहेकाछन् । यी सबै क्षेत्रमा बस्नेतले आफ्नो अव्बल कार्यगत क्षमता देखाउँदै आएका छन् । ‘त्यहीकारण पनि यो महामारीको अवधिमा पनि बेरोजगार जस्तो भएर बस्नुपरेको छैन’, बस्नेत भन्छन्, ‘जीवनका घटना क्रम, भोगाइहरु नयाँ अवसर बनेर पनि आउँदा रहेछन्, त्यो अवसरको हामीले पहिचान गर्नुुप-यो, त्यसलाई चिन्न सक्नुप-यो, त्यहीअनुसार आफूलाई ढाल्न सक्नु पनि प-यो । यसो गर्न सकेको खण्डमा आफ्नो पेसागत जीवनसँगै पारिवारिक जीवन पनि सुखद हुने रहेछ ।’

सुरुवातमा उनी चलचित्रको लागि काम गर्थे । कोेभिड १९ ले गर्दा चलचित्र निर्माणको क्रम ठप्प भयो । ‘यो समय म्युुजिक भिडियो, टेलिचलचित्र आदिमा हात नहालेको भए सायद मेरो आर्थिक अवस्था कमजोर हुुन सक्थ्यो । तर त्यसो भएन, मैले यी सबै क्षेत्रमा हात हालेँ, जुन मनोरञ्जन उद्योगभित्र पर्छन् । यसले गर्दा मेरो आर्थिक स्रोत बलियो भएको छ’, उनी भन्छन् ।

पेशागत इमानदारी देखाउँदै काम गरेका कारण अहिले धेरैजसो निर्माताहरुको पहिलो रोजाइमा पर्न सफल भएका प्रोडक्सन म्यानेजर बस्नेत जीवनमा आइपर्ने सबै चुनौतीलाई सामना गर्दै रचनात्मक काम गर्न सकेको खण्डमा सबैको जीवन सहज हुने बताउँछन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x