काठमाडौं । यहि भाद्र १६ देखि शुभारम्भ भएको ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाखुशीस्थित नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)को प्रांगणमा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दास, सिनियर प्रहरी अधिकृत तथा अन्य ट्राफिक प्रहरी कर्मचारीहरूको उपस्थितिमा वृक्षरोपण गरेको हो ।
महाशाखा प्रमुख एसएसपी भट्टराईले रुद्राक्ष,रिठ्ठा, शिरीष, चिउरी, कल्की फूल, तेजपत्ता, अम्बा, बकाइनोलगायत विभिन्न प्रजातिका दुई फलफूल तथा बोटबिरुवा रोपिएको बताए । ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’लाई सफल बनाउन एक जना डीएसपी सम्मिलित समिति समेत गठन गरी दुई सय ५० जना ट्राफिक प्रहरीको उपस्थितिमा वृक्षरोपण गरेको बताए ।
उपत्यकाका विभिन्न नर्सरी, वन कार्यालयलगायतसँग समन्वय गरी तेजपत्ता २५, धुपी १२ अम्बा ७, चिउरी ८, रुद्राक्ष १६, रिठ्ठा १४, शिरीष ९, मलागिरी ५, बकाइनो ८, कल्की फूल १० लगायत विभिन्न फलफूल तथा बोटबिरुवा रोपिएको हो । गत वर्ष ट्राफिक प्रहरी महाशाखाले तीनकुनेस्थित खाली जमिनमा गुर्जोलगायत विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू समेत रोपेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया