‘आदर्श समाज निर्माणमा हन्डर खेपेका युवाको भोगाइ’
काठमाडौं । लेखक नारद पोखरेलले केही समयअघि सार्वजनिक गरेको उपन्यास प्रतिघात, अहिले चर्चामा छ । उपन्यासमा चित्रण गरिएका विषयवस्तुमाथि अहिले धेरैको चासो बढिरहेको छ । धेरैले यो चित्रणलाई रुचाएका छन् । एक समय आदर्श समाज निर्माणका लागि अनेकौँ हन्डर खेपेका युवायुवतीको जीवनभोगाइ हो, प्रतिघात ।
जहाँ विषाक्त राजनीतिले गर्दा सिंगो राष्ट्रले भोग्नुपरेको घातलाई उदांगो पारिएको छ । त्यो समयका युवाहरू आजको दिनमा के सोच्छन् ? के गर्छन् ? भन्ने कुरालाई उपन्यासमा लेखिएको छ । त्यसका लागि उपन्यासका पाना पल्टाउनुपर्ने हुन्छ । लेखक पोखरेल प्रतिघातले आदर्शमय समाज प्रेम र प्रेममय समाज निर्माणका लागि पूर्वीय मार्गचित्रलाई राम्रोसँग उजागर गरेको दाबी गर्छन् । उनी भन्छन्, तपाईंले उपान्यास पढ्नुभयो भने यी सम्पूर्ण कुराहरू पाउनुहुनेछ ।
पुस्तकमा पोखरेलले केही आफ्ना अनुभव तथा भोगाइलाई समेटेका छन् । उपन्यासको मुख्य पात्र भने पोखरेलले आफ्नो साथीलाई बनाएका छन् । दुई पुस्तक सार्वजनिक गरिसकेका लेखक पोखरेलले लामो समयदेखि पुस्तक लेख्ने फुर्सद पाएका थिएनन् । कोरोनाका कारण घरमा थुनिएर बस्नुपर्दा यो उपन्यास तयार पारेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया