आयकर ऐन संशोधन प्रस्ताव तुरुन्त फिर्ता लिन माग
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले आयकर ऐन संशोधन प्रस्ताव तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेको छ । टीआई नेपालको अध्यक्ष पद्मिनी प्रधानांगले सोमबार एक विज्ञप्ति जारी गरी आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्ताव अवैध धनलाई वैधानिक बनाउने भित्री उद्देश्यले प्रस्ताव गरिएको भन्दै फिर्ता लिन माग गरेकी छिन् ।
‘नेपाल सरकारको अर्थमन्त्रीद्वारा संसद्मा पेश गरिएको आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्तावमा अवैध धन वैधानिक बनाउने भित्री उद्देश्य लिई विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ भन्ने विषयमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ’, टीआई नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । गैरकानुनी रूपमा मुलुकभित्र वा बाहिर उच्च राजनीतिक, प्रशासनिक र व्यावसायिक व्यक्तिहरूबाट भ्रष्टाचार वा कर छली गरी लुकाइएको कालो धन वैध बनाउन सहयोग पु-याउने यो प्रस्ताव स्वीकृत भएमा यसले भ्रष्टाचारलाई प्रश्रय दिने, कर छली बढाउने, नियमित करदातालाई निरास बनाउने, कालो सम्पत्ति शुद्धीकरण तथा निर्मलीकरण हुन जाने र नितिगत भ्रष्टाचारको नमूना हुने निश्चित रहेको टीआईको भनाइ छ ।
यो कार्य नेपालको संविधानको भावना, अन्य कानुन र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धताको विपरीत पनि हुने टीआईको दाबी छ । नव गठित सरकारसँग जनमानसले भ्रष्टाचार नियन्त्रण र कालोधनविरुद्ध सशक्त कारबाहीको अपेक्षा गरेको बेला केही निहित स्वार्थ समूहलाई हित हुनेगरी ल्याइएको यो प्रस्तावले देउवा सरकारको साझा कार्यक्रमको भ्रष्टाचारविरोधी प्रतिबद्धताको खिल्ली उडाएको टीआईको भनाइ छ । यस्तो प्रस्ताव तुरुन्त फिर्ता लिन सरकारका प्रमुख दल र तिनका साझेदार राजनीतिक दलहरूलाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल माग गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया