पुरानो मेडिकल कलेजमा इन्टिग्रेटेड ओपीडी सिस्टम लागू, सबै सेवा एकै ठाउँबाट
भरतपुर । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्टिग्रेटेड ओपीडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपीडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका हुन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्नेलगायतका कामका लागि बिरामी भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताए । उनका अनुसार सेवाग्राहीले बीमा वा सशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्नेलगायतका सबै सेवा एकै ठाउँबाट पाउँछन् ।
एसी (वातानुकूलित) कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ । अस्पतालको सबै विभागमा बीचमा खुल्ला ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालोको लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको छ । त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सिटी, एक्सरे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको प्रधानको भनाइ छ ।
अस्पतालमा ११ विभागका १९ वटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ । अस्पतालमा मेडिकलअन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलरलगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् ।
हाल अस्पतालको बहिरंग सेवामा दैनिक छ सय ५० भन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक तीन लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ । २५ वर्षअघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजमा पाँच सय ८५ शय्या सञ्चालनमा छन् । अस्पतालमा ९० वटा आईसीयू, छवटा पीआईसीयू, १० वटा एनआईसीयू रहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया