पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतबीच सहकार्य
काठमाडौं । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्ट्स एसोसिएसन अफ इण्डिया (टाई)बीच दुई देशीय पर्यटन प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने सम्झौता गरिएको हो ।
नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेको बोर्डले आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवर्द्धनका विभिन्न ‘इभेन्ट’, ‘रोड सो’, वेबिनारजस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्टजस्ता कार्यक्रममा आमन्त्रण गर्नेलगायतका विषय समावेश छन् ।
भारत नेपालका प्रमुख पर्यटकीय स्रोत बजार रहेकाले यस सम्झौताले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले बताए । उनले एक अर्को देशमा भएका पर्यटन प्रवर्द्धनका राम्रा अभ्यास आदानप्रदान गर्दा दुवै देशको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया