काठमाडौं । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्म्स प्रालिद्वारा कि एड्भरटाइजिङ सर्भिस प्रालिका लागि कात्तिक २५ देखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ । साथै यो सो युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ ।
उक्त कार्यक्रमको मार्केटिङ कि एड्भरटाइजिङले गर्दै छ । नेपाली नृत्य र कलाकारितालाई अझै शिखरमा पु-याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले र ओएसआर डिजिटलले नियमित प्रसारण गर्नेेछ । उक्त मेगा–शो प्रत्येक बिहीबार र शुक्रबार हप्ताको दुई दिन बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिनेछ ।
डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् । उक्त कार्यक्रमका निर्देशक गजित विष्ट हुन् । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया