छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब सुरु
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब शुभारम्भ गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरले उक्त ल्याबको शुभारम्भ गरेका हुन् ।
काठमाडौं महानगरपालिका स्थानीय बासिन्दा र आसपासका सर्वसाधारणले सहज रुपमा उक्त प्याथोलोजी ल्याबबाट सेवा सुविधा पाउने भएका छन् । सांसद मानन्धरको पहलमा बागमती प्रदेशको पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७।०७८ अन्तर्गत प्राप्त अनुदान ५० लाख रुपैयाँबाट उक्त ल्याबको निर्माण भएको हो । कार्यक्रममा सांसद मानन्धरले बागमती प्रदेश सभाको सदस्यको रुपमा निर्वाचित भएको प्रारम्भिक समयदेखि नै चिकित्सालयको स्तरोन्नति गर्नमा लागिपरेको बताए ।
कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अब आउने केही समयभित्रै प्याथोलोजी ल्याबको रिपोर्ट मोबाइलमा हेर्न मिल्ने सुविधा सञ्चालन हुने बताए । साथै अध्यक्ष श्रेष्ठले उक्त चिकित्सालयमा कार्यरत डाक्टर तथा नर्सहरुलाई चाहिने सम्पूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नबिन मानन्धर लगायत सञ्चालक समितिको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया