Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो

कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो


झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा चार अर्ब १९ करोड ६० लाख छ हजार रुपैयाँ बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ । सो अवधिमा नेपालबाट बंगलादेश, भारतलगायतका स्थानमा दुई अर्ब २४ करोड ९७ लाख पाँच हजार रुपैयाँको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताए । उनले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार रुपैयाँ, भटमासकै दाना (तेलका लागि) एक अर्ब छ करोड ४३ लाख ६४ हजार रुपैयाँको बङ्लादेशबाट आयात भएको बताए । मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड पाँच लाख ६१ हजार रुपैयाँको सुपारी आयात भएको छ ।

त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । उनका अनुसार भारतबाट २३ करोड ९२ लाख रुपैयाँको धान र आठ करोड ११ लाख ६४ हजार रुपैयाँको चामल आयात भएको छ । तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांकमा १६ करोड ३७ लाख ८० हजार रुपैयाँ मूल्यबराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x