हुलाकी सडक : सुदूरपश्चिममा निर्माणको गति सुस्त
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्षअघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको भए पनि कामले गति भने लिन सकेको छैन । कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हुँदै वेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुस्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ ।
विसं २०७३ फागुनमा एक अर्ब २० करोड रूपैयाँ लागतमा तीन प्याकेजको हुलाकी सडक निर्माणको काम थालिए पनि अझै ३० किलोमिटर सडक निर्माण हुन बाँकी छ । पहिलो प्याकेजको डोकेबजार क्षेत्रमा दुई किलोमिटर, दोस्रो प्याकेजको पचुई क्षेत्रमा एक हजार छ सय मिटर तथा शुक्लाफाँटा निकुञ्ज र कलकत्ता क्षेत्रमा गरी ३० किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताइएको छ ।
३० महिनामा काम सक्नेगरी तीनवटा निर्माण कम्पनीले निर्माण थाले पनि दुई पटक कोरोना भाइरस संक्रमण जोखिमका कारण निर्माण प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इन्जिनियर पद्मबहादुर मडैले बताए । ‘तीनवटै प्याकेजलाई आगामी चैत महिनासम्मको समयावधि दिइएको छ’, उनले भने, ‘विविध कारण आइलाग्दा निमार्णमा ढिलाइ भयो ।’ यहाँको पुनर्बास र बेलौरीदेखि बेल्डाँडीसम्मका स्थानीयवासीलाई प्रदेशको अस्थायी राजधानी धनगढी र सदरमुकाम महेन्द्रनगरसित आवागमन सहज हुने हुलाकी सडक भएको स्थानीयवासीको भनाइ छ । सो सडक निर्माणमा गति दिन पटक/पटक स्थानीयवासीले पनि दबाब दिँदै आएका छन् ।
त्यसैगरी कैलालीमा पनि सातवटा प्याकेजमा हुलाकी सडक निर्माणको काम भइरहेको छ । लम्की–टीकापुर खण्डको पहिलो प्याकेजबाहेक अन्यत्रको काममा भने ढिलासुस्ती देखिएको छ । लम्की–टीकापुर साढे २७ किलोमिटर सडक निर्माण तीन वटा प्याकेजमा विभाजन गरिएको छ । पहिलो आठ किलोमिटर सडकको ४० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । ‘तीनवटा प्योकजको लागत एक अर्ब १० करोड रूपैयाँ छ’, इन्जिनियर मडैले भने, ‘निर्माण सक्न तीस महिनाको समय दिइएको छ ।’
उक्त खण्डको दोस्रो र तेस्रो प्याकेजमा २० प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । त्यसैगरी धनगढी–भजनी र सत्ती ३१ किलोमिटर सडक पनि तीनवटा प्याकेजमा ठेक्का गरेर काम अघि बढेको छ । उक्त तीनवटै प्याकेजको काम स्वच्छन्द–जोशी निर्माण सेवाले गरिरहेको मडैले जानकारी दिए । कैलालीको कान्द्रा नदीबाट सत्तिसम्म १३ किलोमिटर हुलाकी सडकको १५ प्रतिशत काम सकिएको इन्जिनियर मडैको भनाइ छ ।
उनले ककनीबाट कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निमार्णको जिम्मा २०७३ फागुनमै दिएको भए पनि उक्त सडक निर्माणमा ढिलाइ भइरहेको बताए । ‘त्यो खण्डमा करिब दुई किलोमिटर रुख कटानमा समस्या आउँदा केही समय रोकिए पनि अहिले सुचारु भइसकेको छ’, उनले भने, ‘मोहना पुलदेखि क्याम्पस रोडसम्मको साँढे ६ किलोमटर खण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया