काठमाडौं, माघ १७
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ स्थित क्षेत्रावती माविको शैक्षिक सुधार गर्न गाउका स्थानीयले ६ लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको ५३औं वार्षिक उत्सव तथा २३औं अभिभावक दिवसको अवसरमा २ लाख ४२ हजार ५ सय ७५ नगद सहयोग प्राप्त हुनुका साथै ६ लाखबराबरको शैक्षिक अक्षयकोष स्थापना गर्ने घोषणा भएको हो ।
स्थानिय अगुवा ताराकुमार खड्का र विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेकी उनकी धर्मपत्नी लक्ष्मी खड्काले नगद १ लाख २१ हजार रुपैयाँ प्रदान गर्दै छिट्टै ५ लाखको प्रदान गरेर अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । यसैबीच स्थानीय अगुवा तक्त बहादुर जिरेलले पनि विद्यालयमा आफन्तजनको नाममा १ लाखबराबरको अक्षय कोष स्थापनाको घोषणा गरेका छन् । सोही अवसरमा जिल्ला समन्वय समिति सदस्य बिदुर शर्माबाट ५१ हजार र खुस बहादुर बस्नेतको तर्फबाट ३० हजार आर्थिक सहयोग पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
स्कुलको बार्षिक उत्सवको अवसरमा सोही विद्यालयमा पढ्ने तीन जना अससाय बालवालिकाको अभिभावकत्व ग्रहण गर्दै पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन् । विद्यालयको वार्षिक उत्सव कार्यक्रममा स्थानीय अगुवा तथा व्यवसायी पुष्कर अधिकारी, भरतकुमार श्रेष्ठ र शान्तबहादुर जिरेलले स्वर्गीय कृष्णबहादुर सार्कीका तीन जना असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुले वर्षभरिको पठनपाठन खर्चस्वरुप विद्यालयलाइ २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया