नर्भिकमा युरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपीडी सेवा दिने
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपीडीबाट लाभ लिन सक्नेछन् । यस्तै, प्रोस्टेट ग्रन्थी, मिर्गौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपीडीबाट लाभ लिन सक्नेछन् । डा. श्रेष्ठसँगै डा. सञ्जीव श्रेष्ठलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत रहनेछन् ।
शनिबारको निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जनाएको छ । शनिबार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको युरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया