ढकालको नेतृत्वमा दमक चेम्बर अफ कमर्स गठन
झापा । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो । चेम्बर अफ कमर्सको पहिलो साधरणसभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेढाईं, शम्भु प्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् ।
पहिलो साधरणसभालाई उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भरमुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्नसक्ने उनको भनाइ छ । अध्यक्ष मल्लले भने, ‘अहिले पनि ३० प्रतिशत बाँझो जमिन छ सरकारले बजेटमा पनि जनिम बाँझो नराख्ने भनेर भनिरहेको छ । स्थानीय प्रशासनसँग सहकार्य गरी कृषिउपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्बर स्थानीय व्यवसायीसँग सहकार्य गर्न तयार छ ।’ मुलुकमा कृषिको आधुनिकीकरण र प्रविधिमा लगानी भित्र्याएर तीव्र आर्थिक विकास गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।
अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक रहेको भन्दै अध्यक्ष मल्लले पुँजीगत खर्च बढ्ने हो भने तरलता अभाव नहुने बताए । केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य बैंकहरुमा स्थानान्तरण गरिदिने हो भने पनि तरलता सिर्जना हुने अध्यक्ष मल्लले बताए । एकल अंकमा ब्याजदर कायम गर्ने र सीडी रेसियोलाई ९५ प्रतिशत पु-याउनुपर्ने उनको भनाइ छ ।
नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक स्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाए । दमक कार्यसमिति गठन भएसँगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या १ सय १० पुगेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया