Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभोटेनाम्लाङमा एउटै ढुंगामा ८० फिटको बुद्धको मूर्ति बन्ने

भोटेनाम्लाङमा एउटै ढुंगामा ८० फिटको बुद्धको मूर्ति बन्ने


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङमा रहेको ठूलो एउटै ढुंगामा ८० फिट उचाइको बुद्धको मूर्ति निर्माण हुने भएको छ ।

लगभग पाँच करोडको लागतमा गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागको संयुक्त आयोजनामा सो मूर्ति स्थापना गरिन लागिएको हो । एसिया क्षेत्रमा एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्नेछन् । ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाचँपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडाजस्ता पर्यटकीय स्थलहरूको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउँदै पर्यटकीय गन्तव्यको केन्द्र बनाउने उद्देश्यका साथ बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । दुई वर्षभित्रमा मूर्तिको निर्माणकार्य सकिने गाउँपालिकाले जनाएको छ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको रहेको छ । ढुंगामा मूर्ति कोर्न मात्रै दुई करोड लाग्ने गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए । यसवर्ष मूर्ति कुँद्नको लागि बागमती प्रदेश सरकारले ५२ लाख बजेट विनियोजन गरेको छ । ८० फिटको बुद्धको मूर्तिवरिपरि कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहनेछन् ।

शनिबार मूर्तिको शिलान्यास पूर्वकानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङले गरेका छन् । देशको घुम्नलायक एक सय गन्तव्यभित्रको १६औँ स्थानमा पर्न सफल पाचँपोखरी कुण्डसहित विभिन्न पर्यटकीयस्थल रहेको पालिका पाचँपोखरी थाङपाल गाउँपालिका हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x