काठमाडौं । युवा नेतृत्वमा रहेको गैरनाफामूलक संस्था हामी नेपालले भक्तपुरमा आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ । भक्तपुरको होटल भादगाउँमा संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सन् २०१५ मा स्थापना भएदेखि नै संस्थाले सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
सभामा संस्थाले समाजिक क्षेत्रका कार्य गर्दै आईरहेको संघ/संस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । संस्थाले बार्बरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्धनिर्देशक साहिल अग्रवाललगायतलाई सम्मान गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुदन गुरुङले संस्थाले अरुको बारेमा सोच्ने र एक–अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने बताए । साथै संस्थाले आफ्नो आधिकारिक वेब–साइट लन्च गरेको छ । वेब–साइट लन्च गर्नुको मुख्य उद्देश्य संस्थाले दान गरेको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने रहेको छ । वेब–साइटको लन्चसँगै यस संस्था थप विश्वसनीय हुने र यसले सबै दाताहरूले सहयोग रकमको हिसाबकिताब राख्न सजिलो हुने बताइएको छ । साथै संस्थाले सहयोगि दाताहरु र सहयोग चाहिनेहरुलाई सिधै जोडिन पनि मद्दत गर्नेछ ।
यसबाहेक, यो वेबसाइटमा दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूको बारेमा पनि जानकारी लिन सक्नेछन् । यो वेबसाइटमार्फत सहयोगदाताहरुले कुनै विशेष कारणको लागि अथवा संस्थाको प्रशासनिक लागतको लागि भनेर आफैँले छुट्याएर सहयोग गर्न सक्नेछन् । साथै नेपालद्वारा सञ्चालित सामाजिक सुधारका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक स्वयंसेवकहरू पनि जोडिन सक्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया