स्वास्थ्य शिविरमा दुई हजार बढीले लिए सेवा
धनबहादुर जप्रेल
महेन्द्रनगर, माघ २१
भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘मेयर गाउँघर स्वास्थ्य शिविर’ कार्यक्रमबाट करिब दुई हजार बासिन्दाले स्वास्थ्य सेवा लिएका छन् । भीमदत्त नगरपालिकाको ४२ वर्ष प्रथम स्थापना दिवसको अवसरमा माघ २ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको उत्तरी क्षेत्र ब्रह्मदेव खल्लाबाट सुरु गरिएको शिविर नगरका विभिन्न वडाका १० स्थानमा सञ्चालन गरिएको हो । उक्त शिविरबाट करिब दुई हजार ४४ वासिन्दाले स्वास्थ्य सेवा लिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए । यसैगरी चार सय ३७ जनालाई प्रयोगशाला सेवा र एक सय ५४ जनालाई सुरक्षित मातृत्व परिवार नियोजन सेवा लिएको विष्टले बताए ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले माघ २ गते खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा शिविर औपचारिकरूपमा उद्घाटन गरेका थिए । खल्लामा पहिलो दिन शिविरबाट एक सय दुई जनाले सेवा पाए । वडा नं. ९ को महाकाली आधारभूत विद्यालय तुमडानीमा दुई सय २१, बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालय मटैनामा दुई सय ७६, वडा नं. १० को युवा वर्ष माध्यमिक विद्यालय तिल्केनीमा तीन सय १० र वडा नं. १ जेसिस माध्यमिक विद्यालय राजीपुरमा एक सय ८५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
भीनपा ५ स्थित कालिका आधारभूत विद्यालयमा शिविरबाट दुई सय एक, भीनपा ७ बालजागृति आधारभूत विद्यालय तीन सय दुई, भीनपा १२ ऐरी वीपी आधारभूत विद्यालय एक सय १६, भीनपा १३ बैजनाथ विद्या निकेतन एक सय ५५ र भीनपा १९ बागफाँटाको पञ्चकृत माध्यमिक विद्यालयमा एक सय ७६ स्थानीयले सेवा लिए । शिविर स्वास्थ्य जाँच गरिएका स्थानीयलाई औषधिसमेत वितरण गरिएको छ । शिविरमा स्वास्थ्य जाँच, परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, मातृ शिशु, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणलगायतका सेवाहरू प्रदान गरिएका थिए ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले संवैधानिक व्यवस्थाअनुसार नगरका बासिन्दाको स्वास्थ्य अधिकार ग्यारेन्टीका लागि शिविर सञ्चालन गरिएको बताए । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाइ उप शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले शिविरमा चिकित्सकहरूल स्वास्थ्य जाँचमा सहयोग गरेको बताए ।
महाकाली अस्पतालका चिकित्सक धिरज जोशी र गोविन्द रोकायालगायतले शिविरमा सहयोग गरेका थिए । स्वास्थ्य तथा सरसफाइ उपशाखाका अनुसार माघ ४ गते भीनपा ९ को तुमडानी, ५ गते भीनपा ९ कै मटेना, ९ गते तिल्केनी, १० गते राजीपुर, ११ गते ऐठपुर, १४ गते हल्दुखाल, १५ गते ओदाली, १६ गते पिपरैया र १७ गते बागफाँटामा मेयर गाउँघर स्वासथ्य सेवा शिविर कार्यक्रम सञ्चालन गरिएको थियो । भीमदत्त नगरपालिकाले पहिलो पटक माघ ७ गते स्थापना दिवस मनाएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया