काठमाडौँ । नेपाल आर्मीकी मन्जु विक १७औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १६औँ राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा पहिलो भएकी छिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरेकी हुन् । यस्तै केडब्लूूडब्लूकी करिष्मा कार्की तेस्रो तथा आईकेकेएफकी चन्दाकुमारी भुजेल चौथो भइन् । नेपाल क्योकुसिन कराते डो संघ बज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिं सुनार पहिलो भए ।
उनले फाइनलमा आर्मीकै विकास गुरुङलाई हराए । केन्द्रीय डोजोका प्रेम तामाङ तेस्रो बने । पुरुष ७५ केजीमुनि आईकेकेएफका थमप्रकाश खड्काले स्वर्ण जिते । उनले फाइनलमा लुम्बिनी डोजोका दिलिप यादवलाई पाखा लगाए । सो क्योकुसिनका सतल लामा तेस्रो तथा आर्मीका मनोज थपलिया चौथो स्थानमा रहे । पुरुष ६० केजीमुनि सो क्योकुसिनका सुजन पाख्रिनले फाइनलमा आर्मीका भुपेन्द्र वलीलाई पन्छाउँदै शीर्ष स्थान हात पारे । आईकेएका सन्जेश तामाङ तेस्रो तथा केडब्लूडब्लूका होमबहादुर राई चौथो भए ।
विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचान, उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा आर्मी र सात प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया