मोहनापुल–अत्तरिया ६ लेन सडक चार वर्षसम्म पनि बनेन
धनगढी । साढे ४ वर्षदेखि निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडक अझै निर्माणसम्पन्न हुन छैन । २०७४ जेठमा २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी छुट्टा–छुट्टै तीनवटा प्याकेजमा निर्माण सम्झौता गरिएको भए पनि सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माणको काम नसकिएको हो । २१ वर्ष सडकको आयु राखेर निर्माण थालिएको भए पनि निर्माण कम्पनीको लापरबाहीले ठाउँ–ठाउँमा पिच गरिएकै सडकमा पनि चिरा पर्न थालिसकेको छ ।
कालोपत्रे गरिएको सडकको लेबल समेत बराबर नहुँदा दुर्घटनाको जोखिम बढेको सवारीचालक ओम बेलालको गुनासो छ । ‘सडकको लेबल बराबर मिलेको छैन, ठाउँ–ठाउँमा खाल्डो समेत परेकाले पानी जम्ने समस्याले सवारी चिप्लने गरेको छ’, उनले भने, ‘विभिन्न स्थानमा पिच गरिएकै सडकमा चिरा पर्न थालेकाले केही समयभित्र पूरै सडक जीर्ण बन्न सक्छ ।’ उक्त सडक निर्माणका लागि तीन/तीन पटक म्याद थप गर्दा पनि निर्माणकार्यले पूर्णता पाउन नसकेपछि पुनः २०७८ चैत मसान्तसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ ।
चौथो पटक म्याद थप भए पनि निर्माण कार्य भने सुस्त छ । निर्माण कम्पनीलाई ९० प्रतिशत भुक्तानी गरिसक्दा पनि निर्माण कार्य अधुरै रहेको हो । स्टिमेटअनुसार निर्माण कम्पनीले सडक निर्माण गर्न नसकेपछि मोहनापुल अत्तरिया सडक योजना कार्यालयले निर्माण कम्पनीको नाममा स्टिमेटअनुसार पुनः निर्माण गर्न पत्र नै काट्नुपरेको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका सबइन्जिनियर भुवन खड्काले बताए ।
‘केही स्थानमा पिच सडकमा चिरा पर्नुका साथै सडकको लेबल समेत बराबर नभएकाले पानी जम्ने अवस्था समेत नआओस् भनेर पुनः निर्माणका लागि ठेकेदार कम्पनीलाई पत्र नै काटेका छौँ’, उनले भने, ‘एक अर्ब ७८ करोड रुपैयाँ लगानी रहेको मोहनापुल–अत्तरिया छ लेन सडकका लागि अन्तिम पटक म्याद थप गरिएको हो । उक्त लेनमा फुटपाथ र सर्भिस लेन निर्माणले समेत अझै पूर्णता पाएको छैन ।
साथै रेलिङ, डिभाइडर ट्राफिक लाइटलगायतको काम समेत प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।’ धनगढी–अत्तरिया १४ दशमलव दुई किलोमिटर सडकअन्तर्गत पहिलो खण्ड मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर दोस्रो खण्डअन्तर्गत बोराडाँडी–गेटा साढे चार किलोमिटर र तेस्रो खण्डअन्तर्गत गेटा–अत्तरिया गरी तीन प्याकेजमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको थियो ।
छुट्टाछुट्टै तीनवटा प्याकेजमध्ये अहिलेसम्म ३ नम्बर प्याकेजको ८५ तथा १ र २ नम्बर प्याकेजको ९० प्रतिशत काम सम्पन्न भएको योजना कार्यालयको दाबी छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया