Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्नेमा जोड

विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्नेमा जोड


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । विद्युत खपत हुने क्षेत्र खोज्नुपर्नेमा पछिल्लो समय विद्युत्को बजार खोज्न लागिएको भन्दै उनले असन्तुष्टि समेत जनाए । शुक्रबार नयाँ बानेश्वरमा नागरिक लगानी कोषको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले शर्माले विद्युत्को खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताए ।

‘जलविद्युत् थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’ बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने उनको भनाइ छ । उनले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने समेत बताए । कृषि आधुनिकीकरण, औद्योगिकीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्यलगायतका क्षेत्रमा खपत गर्न सकिने उनको भनाइ थियो । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोषजस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए ।

नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको भन्दै उनले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताए । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा समेत उनले जोड दिए । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उनले भने, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्वयक छ ।’

भवन ९१ करोड लागतमा छ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे छ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x