श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति सात वर्षपछि पक्राउ
कपिलवस्तु । श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको सात वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सिकन्दरले आफ्नै श्रीमती २१ वर्षीया किसलावती चमारलाई लिएर कपिलवस्तु कृष्णनगर नगरपालिका–६ श्रीनगरस्थित ससुराली आएको अवस्थामा २०७१ फागुन ३० गते राति श्रीनगरस्थित खेतमा लगेर हत्या गरी आगो समेत लगाई भागी फरार भएका सिकन्दरलाई नेपाल आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका–६ रंगपुरमा फेला पारी पक्राउ गरेको हो ।
यसैबीच धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा वालिङ नगरपालिका–१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया