दुई सय ५६ जनाले गराए मोतीबिन्दुको सफल शल्यक्रिया
सोलुखुम्बु । सोलुखुम्बुमा एकै वर्ष दुई सय ५६ जनाले आँखाको मोतीबिन्दुको सफल शल्यक्रिया गराएका छन् । सन् २०२१ भित्रमा जिल्लाको फाप्लु, जाल्पा र खुन्देमा सञ्चालित शल्यक्रिया शिविरबाट दुई सय ५६ जनाको अप्रेसन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।
तथ्यांकअनुसार आँखा केन्द्र फाप्लुबाट मात्रै एक वर्षमा एक सय २४ जनाको सामान्य शल्यक्रिया र आँखाको नानीबाट फोहोर निकालिएको छ । सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख पुष्पबाबु बस्नेतले भने, ‘ग्रामीण भेगका नागरिकहरू आँखाको समस्यालाई सामान्य रूपमा लिन्छन्, आँखामा आउने समस्याको ख्याल गरिएन भने त्यसले ठूलो जटिलता निम्त्याउँछ भन्ने कमैलाई थाहा छ, थाहा भएकाले पनि कम चासो दिने भएकाले समस्या बढ्दै गएको हो । यसलाई नियन्त्रण गर्न सबैभन्दा महत्वपूर्ण विषय जनचेतना नै हो ।’
जिल्ला सामुदायिक आँखा केन्द्रबाट एक वर्षमा १० हजार सात सय ५२ जनाले नेत्र सेवा लिएका छन् । जसमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुबाट चार हजार तीन सय जनाले, ग्रामीण आँखा केन्द्रमार्फत एक हजार तीन सय ९५ जनाले र सामुदायिक आँखा शिबिरमार्फत चार हजार पाँच सय ४७ जनाले सेवा लिएका हुन् । त्यसैगरी एक हजार एक सय चार जनाले शल्यक्रिया आँखा शिबिरबाट र पाँच सय ८२ जनाले स्वयम्सेविकामार्फत सेवा लिएको केन्द्रका प्रमुख बस्नेतले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया