Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबुटवलमा जारी कार्यशालामा सात प्रदेशकै नृत्य प्रशिक्षण

बुटवलमा जारी कार्यशालामा सात प्रदेशकै नृत्य प्रशिक्षण


बुटवल । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको व्यवस्थापनमा रुपन्देहीको शंकरपुर (बुटवल)मा यतिबेला नृत्य सिक्ने सिकाउने कार्यशाला चलिरहेको छ । मंगलबारबाट त्यहाँ राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ सुरु भएको हो ।

कार्यशालाको मगलबार लुम्बिनी प्रदेशकी कानुन, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा संस्कृतिमन्त्री रमा घर्तीमगरले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उनले लुम्बिनी प्रदेशमा पनि चाँडै लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने बताइन् । ८ माघसम्म चल्ने यो कार्यशालामा सहभागी सबैले एउटा एउटा नृत्य प्रशिक्षण दिनुका साथै सम्बन्धित नृत्यको कार्यपत्र पनि प्रस्तुत गर्ने सहजकर्ता राजेश थापाले कार्यक्रममा बताए । उनका अनुसार कार्यशालामा सातवटै प्रदेशबाट २४ जना नृत्य निर्देशक तथा कलाकारहरुले सहभागी भएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा नृत्य विभाग प्रमुख नमुना शर्माले एकले अर्कालाई सिक्न सिकाउनका लागि आफूहरुले नेपालभरका नृत्यकारहरुलाई एकै थलोमा ल्याएको बताइन् । कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कार्यशालामा आफूले पनि धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे । उनले आफ्नो प्रतिष्ठानले पनि आगामी दिनमा यस्ता उपयोगी कार्य गर्ने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x