हिमपातका कारण विकास निर्माणका काम प्रभावित
आशिषबहादुर सिंह
बझाङ, माघ २३
जिल्लामा हिमपात र मौसम प्रतिकूलताका कारण विकास निर्माणका काम ठप्प बनेका छन् । विकास निर्माणको कामले गति लिन नसक्दा जनप्रतिनिधिलाई स्थानीय तहमा आएको बजेट फ्रिज भई जान्छ कि भन्ने चिन्ता बढ्दै गएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिंचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना निर्माण कार्य ठप्प भएका छन् । यसपालि माघको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले बताए ।
राष्ट्रिय गौरवको योजनाअन्तर्गत विभिन्न स्थानीय तहका काम अलपत्र परेका छन् । बझाङ जिल्लामा रहेका १२ ओटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका काम रफ्तारमा अगाडि बड्न सकेका छैनन् । जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा भारी हिमपात र वर्षका कारण आयोजनाका कामहरू गर्न नसकेको गौडा खानेपानीका अध्यक्ष केशवबहादुर सिंहले बताए ।
आयोजनाको काम एक महिनापछि धकेलिएको उनको भनाइ छ । विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पुँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । बझाङ जिल्लाका स्थानीय तहले बजेट विनियोजन गरेका कुनै पनि योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् ।
अधिकांश योजनाको सम्झौता मिति गएपछि करोडौँ बजेट काम नभई फिर्ता हुनसक्ने जयपृथ्वी नगरपालिका वडा न २ का अध्यक्ष सुकदेव जोशीले बताए । बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतिक्षामा रहेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । यातायातका साधन सञ्चालन हुन नसकेको साइपाल गाउँपालिकामा काम गर्ने झन् चुनौती देखिएको अध्यक्ष धामीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया