कोरोनाले स्थानीय तहका कामकाज ठप्प, धमाधम बन्द हुँदै सेवा
दोलखा । तेस्रो लहरको कोरोना सुरु भएसँगै जिल्लाका स्थानीय तहले दिने सेवा धमाधम बन्द हुन थालेका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेकोे दोलखाका धेरैजसो स्थानीय तहका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । जिल्लाको शैलुङ गाउँपालिका मात्र १७ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । त्यस्तै तामाकोशी गाउँपालिकामा पनि केही कर्मचारीलाई कोरोना संक्रमण भएको भन्दै पालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय दोलखाले पनि कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासनका सेवामा कटौती गर्दै नागरिकता तथा राहदानी बनाउन आउनेलाई स्थानीय तहअनुसार बार छुट्याइदिएको छ । प्रशासनले कोरोना भाइरसको संक्रमणदर उच्चरुपमा वृद्धि हुँदै गएको भन्दै भिडभाड कम गर्न सेवामा कटौती गरेर बारअनुसार सेवा दिन लागेको हो । प्रशसनले नौ गतेबाट लागू हुनेगरी समय तालिका निर्धारण गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुरले जानकारी दिए ।
उनका अनुसार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्रबाहेकका गौरीशंकर गाउँपालिकाका वडाहरुका नागरिकका लागि आइतबार, मंगलबार र बिहीबार सेवा दिने भएको छ । त्यसैगरी भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्रबाहेकका कालिञ्चोक गाउँपालिकाका वडाहरुका नागरिकलाई सोमबार, बुधबार र शुक्रबार सेवा दिने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
शैलुङ गाउँपालिकाले पनि बिहीबार एक सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमणका कारण शुक्रबारदेखि १३ गतेसम्म गाउँपालिका सम्पूर्ण सेवा बन्द गरेको छ । धेरैजसो स्थानीय तहले हिउँदे अधिवेशन गर्न समेत बाँकी रहेको हुँदा दर्जनौँ विकास निर्माणका काम समेत प्रभावित भएका छन् । अन्तिम समयमा पुगेका विकास निर्माणका योजना पूरा गर्न तथा बजेट संशोधन गर्न जिल्लाका स्थानीय तहले पुस र माघभित्रमा हिउँदे अधिवेशन गर्ने गर्छन् तर धेरैजसो कर्मचारीलाई कोरोना संक्रमण हुँदा गाउँपालिका नै बन्द हुन थालेकाले स्थानीय तहका कामकाज प्रभावित बनेका हुन् । जिल्लाका अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा समेत दैनिक संक्रमण फेला परिरहेकाले नियमित कामकाज बन्द भएका छन् । कोरोनाकै कारण जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् । जिल्लामा हाल एक सय ११ जना कोरोना भाइरसका सक्रिय बिरामी रहेका छन् । बिहीबार पनि जिल्ला ३४ जना नयाँ संक्रमित थपिएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया