माघ लागेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि
बस्नेत दोलखा । माघ महिना सुरु भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुनथालेका छन् । पछिल्लो १० दिनको अवधिमा जिल्लामा दुई सय बढी संक्रमित थपिएका छन् । जिल्लामा मंगलबार पनि ५० जना कोरोना संक्रमण देखिएको छ ।
जिल्लामा एक सय छ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार जिल्लाको कालिञ्चोक गाउँपालिकाका चार जना, भीमेश्वर नगरपालिकाका १० जना, गौरीशंकर गाउँपालिकाका एक जना, तामाकोशी गाउँपालिकाका १७ जना, बैतेश्वर गाउँपालिकाका १७ जना र बिगु गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।
जिल्लामा हाल दुई सय २५ जान सक्रिय संक्रमित रहेका छन् । सोमबार १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै आइतबार ४७ जनामा, शुक्रवार सात जनामा, बिहीबार २३ जनामा, बुधबार २४ जनामा कोरोना संक्रमण देखिएको थियो । गत माघ १ गतेदेखि मंगलबार ११ गतेसम्म १० दिनको अवधिमा दुई सय २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
तेस्रो लहरको संक्रमण पनि जिल्लाका सबै स्थानीय तहमा फैलिएको छ । यसपटक सरकारी कार्यालयका कर्मचारीहरुमा बढी संक्रमण भएको पाइएको छ । जिल्लाका नौ स्थानीय तहका करिब एक सय कर्मचारीलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमणकै कारण जिल्लाका स्थानीय तहअन्तर्गतका कार्यलयहरु धमाधम बन्द हुनथालेका छन् । सबै स्थानीय तहहरुले कर्मचारीमा संक्रमण देखिन थालेपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय दोलखाले पनि प्रशासनका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको भन्दै आगामी आइतबारसम्मको लागि सेवा प्रवाह बन्द हुने जनाएको छ ।
प्रशासकीय अधिकृत औलख बहादुर आलेले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि आइतबारसम्मका लागि सेवा प्रवाह बन्द गरिएको जानकारी दिएका हुन् । सेवाग्राही र कर्मचारीमा कोरोना संक्रमणको जोखिम देखिएपछि शान्ति सुरक्षा र अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया