एक हप्ताभित्र रोयल्टी तिर्न क्यासिनो सञ्चालकलाई निर्देशन
काठमाडौं । सरकारले रोयल्टी नबुझाउने क्यासिनोहरूलाई सात दिनभित्र रोयल्टी बुझाउन निर्देशन दिएको छ । लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने पाँच क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सरकारले सातदिने अल्टिमेटम दिएको हो ।
पर्यटन विभागले एक सूचना जारी गरी सात दिनभित्र तिर्नुपर्ने रकम नतिरे कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ । विभागले पाँच कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरणबापतको आव २०७७-७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको हो । विभागका अनुसार पाँच कम्पनीले ८७ करोड १५ लाख १५ हजार बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन कम्पनी छन् । पर्यटन विभागले बाँकी बक्यौता बुझाउन पटक–पटक ताकेता गर्दै आएको छ । तर क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गर्दै आएका छन् ।
विभागका अनुसार होटल याक एन्ड यति लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेसनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम चुक्ता गरेका छैनन् । होटेल याक एन्ड यति प्रालिले २० करोड ६८ लाख १५ हजार रूपैयाँ र ओरियन्टल होटल्स लिमिटेड (-याडिसन होटेल)ले १८ करोड ७६ लाख तिर्नुपर्नेछ । त्यस्तै क्यासिनो सञ्चालक ह्याप्पी आवर, रक इन्टरनेसनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता बुझाएका छैनन् । ह्याप्पी आवरले २१ करोड ५५ लाख रूपैयाँ, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार आठ सय ४८ रूपैयाँ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रूपैयाँ बुझाउन बाँकी छ ।
गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि क्यासिनोहरूले अहिलेसम्म बाँकी रहेको बक्यौता चुक्ता गरेका छैनन् । उनीहरूले रकम चुक्ता गर्न आनाकानी गरेकोले अन्तिम पटक सातदिने सूचना जारी गरेको विभागले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो । यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो । काठमाडौँको सांग्रिला र रूपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया