Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबझाङमा भारी वर्षा र हिमपातले विकास निर्माणका काम प्रभावित

बझाङमा भारी वर्षा र हिमपातले विकास निर्माणका काम प्रभावित


बझाङ । बझाङ जिल्लामा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएका छन् । वर्ष र हिमपातका कारण विकास निर्माणका काम समयमै हुन नसक्दा जनप्रतिनिधिलाई आफ्नो स्थानीय तहमा आएको बजेट फ्रिज जाने हो कि भन्ने चिन्ता बढ्दै गएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारमातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानलगायतका पूर्वाधार आयोजना निर्माणका काम हाल ठप्प छन् ।

माघको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले बताए । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विभिन्न स्थानीय तहका काम अलपत्र परेका छन् । बझाङ जिल्लामा १२ वटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका काम रफ्तारमा अगाडि बढ्न नसकेको स्थानीय धर्मजङ्ग सिंहले बताए । भारी वर्षा र हिमपातको कारण चिसो बढेकाले काम गर्ने नसकेको खुड्डीउन सिँचाइ कुलो ठेक्का पाएका महेन्द्र खत्रीले बताए । आयोजनाको काम एक महिना पछि धकेलिएको उनको भनाइ छ । विकास आयोजनामा ढिलासुस्ती भएसँगै पुँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । बझाङ जिल्लाका स्थानीय तहले कुनै पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्नसकेका छैनन् ।

अधिकांश योजनाको सम्झौताको म्याद काम नभई सकिएपछि करोडौँ बजेट फिर्ता हुनसक्ने जयपृथ्वी नगरपालिका वडा नम्बर २ का अध्यक्ष शुकदेव जोशीले बताए । यस्तै बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतीक्षामा रहेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । यातायातका साधन सञ्चालन हुन नसकेको साइपाल गाउँपालिकामा काम गर्न झनै चुनौती देखिएको अध्यक्ष धामीले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x