काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ । डीडीसीले देशभर तीनथरि मूल्य निर्धारण गरी दूधको मूल्य बढाएको हो । डीडीसीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतिलिटर दूधको मूल्य नौ रूपैयाँले बढाइएको जनाएको छ ।
काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रूपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रूपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रूपैयाँ मूल्य निर्धारण गरेको डीडीसीले जनाएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँमा ७६ रूपैयाँ, बुटवल भैरहवामा ७२ रूपैयाँ र नेपालगञ्ज क्षेत्रमा ७० रूपैयाँ तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार छ रूपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई रूपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन् ।
यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर छ रूपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रूपैयाँ चार पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रूपैयाँ ५२ पैसा रहेको थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया