Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि पाण्डेलाई

पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि पाण्डेलाई


काठमाडौं । गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेले जितेका छन् । पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए, उनले काउन्ट ब्याकमा ब्याक नाइनमा १९ रन बनाएर उपाधि जितेका हुन् । यस्तै इनहाउसले १७ र शेर्पाले १६ रन बनाएका थिए ।

यस्तै सद्भाव आचार्यले ३७ ग्रोस अंकका साथ बेस्ट ग्रसको उपाधि जिते, उनले पाँच बर्डी बनाएपछि सर्वाधिक बर्डीको अवार्ड पनि जिते । जेष्ठ (६० वर्ष वा माथिका) मा टेन्डी शेर्पा ३६ अंकका साथ विजेता भए । महिलातर्फ ३२ अंकका साथ कश्मिरा शाहले उपाधि जितिन् भने रेखा घिमिरे २८ अंकका साथ उपविजेता भइन् । आशर्या बस्न्यात ३९ अंक जोडेर जुनियर विजेता भइन् । मार्कस डबलार्डले सबैभन्दा नजिकको पिन र धुन्दुल नामग्यालले सबैभन्दा लामो ड्राइभ जितेका थिए ।

वरुण बेभरेज (नेपाल) प्रालिले प्रायोजन गरेको प्रतियोगितामा सबै ९५ गल्फ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता ३÷४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो । वरुण बेभरेज प्रालिका मार्केटिङ हेड डा. लिका हमन्थ वाङ्शुल, मार्केटिङ म्यानेजर पुलकित कोन्डोई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र कप्तान जोसेफ नाथनले प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कार हस्तान्तरण गरेका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x