सूर्यविनायकको पाण्डोबजारमा ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’
भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डोबजारमा ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । जिआरएस कम्पनीले पाण्डोबजारस्थित विभूति घरमा उक्त स्टोर सञ्चालनमा ल्याएको हो । स्टोको जिआरएस कम्पनीका अध्यक्ष गोकूल वनले उद्घाटन गरेका थिए ।
युवा व्यवसायीद्वय गोकूल वन र राजु सुवालको एक करोड रुपैयाँको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरि उपभोक्तालाई प्रत्येक सामानमा पाँच देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीका सञ्चालक वनले काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरी १२ सहरको मुख्य बजारमा डिपार्टमेन्टल स्टोरको शाखा बिस्तार गर्ने लक्ष्य रहेको बताए । भक्तपुरबाट डिपार्टमेन्टल स्टोर सञ्चालन सुरु गरेको भन्दै उनले कुल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा विस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने उद्देश्य रहेको सुनाए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया