दरबार हाइ स्कुलद्वारा विद्यालयस्तरीय क्योकुसिन कराँते प्रतियोगिता सञ्चालन
काठमाडौं । दरबार हाई स्कुलले विद्यालयस्तरीय क्योकुसिन कराँते प्रतियोगिता सञ्चालन गरेको छ । दरबार हाइ स्कुल इन्टरनेसनल कराँते अर्गनाइजेसन क्योकुसिनकाइकान क्योकुसिन वल्र्ड वे प्रथम विद्यालयस्तरीय क्योकुसिन कराँते प्रतियोगिता २०७८ सञ्चालन भएको हो ।
प्रतियोगितामा २० केजीमुनि पुरुष समूहमा गुड स्टार्ट एकडेमी बालाजुका इशान सपकोटा प्रथम, मधवालिया मध्यमिक विद्यालय भैरहवाका रुबिन नेपाली दोस्रो, अन्नपूर्ण हाइ स्कुल, ज्याठा काठमाडौंका एसुब खड्गी तेस्रो र सोही स्कुलका सिजन खडका चौथो भएका थिए । यस्तै २५ केजीमुनि पुरुष समूहमा दरबार हाइ स्कुलका अनिल गुरुङ प्रथम, गुड स्टार्ट एकेडेमीका विशाल विक दोस्रो, गुप्तेश्वर आधारभूत माविका निरोज लोचन तेस्रो र गुप्तेश्वर आधारभूत माविका सुजित गोले चौथो भए । ३० केजीमुनि पुरुष समूहमा भने गुड स्टार्ट एकेडेमीका अफताब अली प्रथम, दरबार हाइ स्कुलका बिनायक श्रेष्ठ दोस्रो, सोही स्कुलका रोहन कपाली तेस्रो र अन्नपूर्ण हाइ स्कुलका प्रिन्स रोय चौथो भएका थिए ।
३५ केजीमुनि पुरुष समूहमा भने दरबार हाई स्कुलका सुमन नेपाली प्रथम, सोही स्कुलका समृद्ध शाक्य दोस्रो, अन्नपूर्ण हाइ स्कुलका अनुज पौडेल तेस्रो र दरबार हाई स्कुलका राजिव बराल चौथो भए । यसैगरी ३८ केजीमुनि पुरुष समूहमा अन्नपूर्ण हाइ स्कुलका विवेक दहाल प्रथम, त्योड माविका अभय भुजेल दोस्रो, स्मल हेभन बोर्डिङ स्कुलका इशान श्रेष्ठ तेस्रो र दरबार हाइ स्कुलका प्रनिश तमाङ चौथो भएका छन् ।
यस्तै ४० केजीमुनि पुरुष समूहमा भने गुड स्टार्ट एकेडेमीका शेष रिजवान प्रथम, एस्फोडेल पब्लिक स्कुलका सागर चौधरी दोस्रो, दरबार हाइ स्कुलका अनिल बर्देवा तेस्रो र एस्फोडेल पब्लिक स्कुलका पियूष श्रेष्ठ चौथो भए । यता ४५ केजीमुनि पुरुष समूहमा श्री सरस्वती मावि ललितपुरका रमित महर्जन प्रथम, दरबार हाइ स्कुलका सुभास लामा दोस्रो सोही स्कुलका विवेक नेपाली तेस्रो र प्रभात खड्की चौथो भएका थिए ।
५० केजीमुनि पुरुष समूहमा भने सबै दरबार हाइ स्कुलका विजयी भएका छन् । जसअनुसार संजोग लामा प्रथम, राजेश उपरकोटी दोस्रो, आसुतोस जेसवाल तेस्रो र तेस्रा प्रनिश तामाङ चौथो भएका हुन् । यस्तै ५५ केजीमुनि महिला समूहमा काठमाडौं स्कुल अफ सेन्जल स्टेटकी अनिसा तामाङ प्रथम, दरबार हाइ स्कुलकी रसिला श्रेष्ठ दोस्रो, गुड स्टार्ट एकेडेमीकी मिङमा तामाङ तेस्रो र दरबार हाइ स्कुलकी अञ्जली दमाई चौथो भएकी थिइन् । ४५ केजीमुनि महिला समूहमा भने दीक्षा महरा प्रथम, मनिका श्रेष्ठ दोस्रो, सिवानी आले मगर तेस्रो र अन्जली श्रेष्ठ चौथो भइन् ।
यता ५५ केजीमुनि पुरुष समूहमा भने राम सिंह घलान प्रथम, चन्द्रमान तामाङ दोस्रो, इविशाल बोम्जन तेस्रो र सुशन भण्डारी चौथो भए भने ६० केजीमुनि पुरुष समूहमा सुशन तामाङ प्रथम, दुर्गा श्रेष्ठ दोस्रो, भिमसेन राई तेस्रो र रमेश रोकाय चौथो भएका थिए । यसैगरी ५० केजीमुनि महिला समूहमा प्रथम निसु तामाङ, दोस्रो प्रेमिसा राई, तेस्रो सजना घलान र अप्सरा सुवेदी भइन् । साथै ३५ केजीमुनि महिला समूह प्रथम चाहना खत्री, दोस्रो लुजला शाही, तेस्रो शिक्षा श्रेष्ठ र चौथो लिजिसा खड्गी भएकी थिइन् । विजेताहरूलाई काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुरस्कार वितरण गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया