कञ्चनपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा रहेका मापदण्ड, कानुनविपरीत अवैधरूपमा सञ्चालित अवैध क्रसर उद्योगमा चासो देखाएको छ । मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई कारबाहीका लागि आयोगले चासो देखाएको हो ।
आयोगको कञ्चनपुर कार्यालयले जिल्लामा रहेका अवैध क्रसर उद्योगविरुद्ध एक्सनमा जाने तयारी गरेको जनाएको छ । आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता चन्द्रकान्त बस्नेतले अवैध क्रसर उद्योगको जिल्ला प्रशासन कार्यालयबाट विवरण माग गरिएको बताए । जिल्लामा कानुनविपरीत अवैधरूपमा सञ्चालित क्रसर उद्योगबारे अख्तियारमा उजुरी परेसँगै अख्तियारले चासो दिएको बताए । ‘कार्यालयमा अवैध क्रसर उद्योगबारे उजुरी परेको छ’, उनले भने, ‘हामीले प्रशासनलाई चिठी नै लेखेर पत्र पठाएका छौँ, छानबिन गरेर कारबाही गर्छौँ ।’ राज्यको कानुन उलङ्घन गर्ने अवैध क्रसर उद्योगमाथि कारबाही चलाउने प्रवक्ता बस्नेतले बताए ।
अख्तियारले समेत अवैध क्रर उद्योगको छानबिन गरेर कारबाही गर्ने तयारी गरेको छ । ०७७ मंसिरमा तत्कालीन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो नेतृत्वमा जिल्लाका क्रसर उद्योगको अनुगमन गरेर गृहमन्त्रालयमा प्रतिवेदन पठाएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया