Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहावीर पुनलाई बेलायतमा सम्मान

महावीर पुनलाई बेलायतमा सम्मान


काठमाडौं । युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेसनको आयोजनामा एक भव्य कार्यक्रमका बीच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा डा. पुनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । डा. पुनले नेपालको खोज अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो ।

उक्त अवसरमा डा. पुनसँग अन्तत्र्रिmया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा डा. पुनले आफ्नो कामहरु भिडियोमार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए ।

कार्यक्रममा उपस्थित विद्यार्थी एवम् अन्य सहभागीहरुले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनबारे जिज्ञासा एवम् टिप्पणीहरु राखेका थिए । सो कार्यक्रमका आयोजक समेत रहेका बिज एजुकेसन कन्सलटेन्सीका प्रबन्धनिर्देशक हरि कार्कीले कार्यक्रममा सहभागी सम्पूणलाई धन्यवाद दिँदै पुनको स्वागत एवम् सम्मान गरेका थिए ।

युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर र बिज एजुकेसनले राष्ट्रिय आविष्कार केन्द्रलाई अनुसन्धान र विकासका लागि आर्थिक सहयोग समेत प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल एजुकेसन काउन्सिल युकेका पदाधिकारीहरु बसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायत सयौँको उपस्थिति रहेको थियो । नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्यसहित स्थापित केन्द्रमार्फत थुप्रै सामाजिक कार्यहरू भइरहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x